
२२ मंसिर, २०७२पर्वत–एमाओवादी परित्याग गरी यहाँका साढे दुई दर्जन नेता नयाँ शक्ति निर्माण अभियानमा लागेको घोषणा गरेका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सुरु गरेको नयाँ शक्ति निर्माण अभियानलाई साथ दिँदै उनीहरुले एमाओवादीको सम्पूर्ण जिम्मेबारी परित्याग गरेको बताएका छन्।
विज्ञप्तिमार्फत एमाओवादीका २९ जना नेताले आफूहरु अब नयाँ शक्ति निर्माणमा लागेको बताए। गतवर्ष भएको एमाओवादीको जिल्ला अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल पक्षले एकलौटी रुपमा समिति बनाएको भन्दै समानान्तर समिति गठन गरेका उनीहरु सबै नयाँ शक्तिमा लागेका हुन्। ुएमाओवादी पर्वतको समानान्तर समितिनै नयाँ शक्तिमा लागेको हो,ु एमाओवादी पर्वत समानान्तर समितिका सचिव रहेका महेन्द्रजंग लामिछानेले भने।
एमाओवादी परित्याग गरी नयाँ शक्तिमा लाग्नेमा जिल्ला नेताहरु केशव कँुवर, यमबहादुर बिश्वकर्मा, महेन्द्रजँग लामिछाने, बालकृष्ण शर्मा, नारायण लामिछाने, खिलप्रसाद सापकोटा, यज्ञ सुवेदी, कमल लामिछाने, यमबहादुर चोचाङ्गी पुन, पिताम्बर नेपाली, देबि लामिछाने, सिता हमाल, बिनोद सुवेदी, जनक भुषाल छन्।
त्यसैगरी निलकुमार रिजाल, मोती रेग्मी, चण्डी भुर्तेल, सिता काफ्ले, गोपाल भण्डारी, तारा गुरुङ, प्रेमबहादुर बि।क।, बालकृष्ण गौतम, सुरेश पिसी, कमल रिजाल, किसान अधिकारी, प्रदिप लामिछाने, कालिका केसी, अशोक पौडेलले पनि नयाँ शक्तिमा लागेको घोषणा गरेका छन्।
