आज राति यी प्रदेशमा हुनेछ ठूलो वर्षा

Share:

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आकाशमा साधारणतया बादल लागेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको छ।‌

आज राति देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।

यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भूभागका पनि केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

यसैगरी कोसी, मधेस र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको थोरै  स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।

कमेन्ट गर्नुहोस्
Share: