मोदीखोलाको बाढीले कास्कीको अन्नपूर्णमा क्षति

Share:

पोखरा । कास्कीको उत्तरी क्षेत्रमा भिषण वर्षा भएको छ। वर्षासँगै आएको बाढीले त्यो क्षेत्रमा केही घर,पुल र सार्वजनिक संरचनाहरू बगाएको छ।

अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतबहादुर गुरुङका अनुसार अविरल वर्षापछि अन्नपूर्ण गाउँपालिका-११, किम्रुङखोलामा ठूलो बाढी आएको छ।

मोदी खोलाको बहाव बढ्दा अन्नपूर्ण ८ र १० को सीमाना स्याउली बजार क्षेत्रमा कटान गरेको छ। घान्द्रुक जाने सडक पूर्ण रुपमा बन्द भएको छ भने स्थानीय दीलिप गुरुङको रेस्टुरेन्ट तथा घर पूर्ण रुपमा बगाएको छ।

जगन पुनको रेस्टुरेन्टमा क्षति पुगेको छ तथा अन्य घरहरूसमेत जोखिममा रहेको उनले बताए। यस्तै, नयाँपुल-घान्द्रुक मोटरबाटोको केही भाग पनि बगाएर यातायात अवरुद्ध बनेको छ।

अन्नपूर्ण गाउँपालिका- ११ स्थित करिब १४० मिटर लामो झोलुंगे पुल समेत बाढीले बगाएको प्रवक्ता गुरुङले बताए।

 

कमेन्ट गर्नुहोस्
Share: