
पोखरा । ४४ औं बीपी स्मृति दिवसको सन्दर्भमा नेपाली कांग्रेस कास्कीले विद्यार्थी बीच वक्तृत्वकला प्रतियोगिता गरेको छ ।अहिलेका युवाले वीपीबाट के सिक्ने ? भन्ने विषयमा आयोजित प्रतियोगितामा एसओएस् हर्मन माइनर विद्यालयकी प्रेरिका बराल प्रथम भएको नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
प्रतियोगितामा लक्ष्मी आदर्श माविकी सम्झना बेलवासे द्धितीय, एसओएस कै अनुजा गौतम तृतीय र रामज्योती माविकी स्वेच्छा परियार सान्त्वना भएकी छन् । विजेतलाई क्रमशः १० हजार, ८ हजार, ५ हजार र २ हजार सहित प्रमाण पत्र वितरण गरिने छ । साउन ६ गते पार्टी कार्यालयमा हुने कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिने प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
निर्णायक मण्डलमा डा. यमनाथ तिमिल्सिना संयोजक र दिपेन्द्र पराजुली, कपिलमणी दाहाल सदस्य रहेका थिए । बीपी स्मृति दिवसकै सन्दर्भमा पोखराको पर्यटन सम्वन्धी पोलिसी लेखन प्रतियोगिता पनि संचालन गरिएको छ ।
नेपाली कांग्रेस कास्कीका उपसभापति एवं कार्यक्रम संयोजक युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सभापति किशोरदत्त बराल, सचिव देवेन्द्र रानाभाट, सहसचिव एवं प्रवत्ता नवीन सिग्देल, सहसचिव शंकर ढुगांना लगायतले बोलेका थिए ।
