
पोखरा । कास्की प्रहरीले बाल सुधार गृह सराङकोटबाट फरार रहेका एक बालबन्दीलाई करिब एक वर्षपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भदौ २४ गते भएको ‘जेन्जी आन्दोलन’का क्रममा बाल सुधार गृह सराङकोटबाट फरार भएका जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बालबन्दी (परिवर्तित नामथर ०८१/०८२ कास्की-४८) लाई साउन ७ गते पोखरा महानगरपालिका-१३ माछापोखरी क्षेत्रबाट पक्राउ गरिएको हो।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले फरार बालबन्दीलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि कारागार कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
