शेखर गोल्छा एक करोड धरौटीमा रिहा

Share:

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड धरौटीमा रिहा भएका छन्।

काठमाडौँ जिल्ला अदालतले मंगलबार बिमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले उनलाई छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।

गोल्छा मंगलबार अदालतमा उपस्थित भएका थिए। छुनछेक बहसपछि उनलाई छाड्न आदेश भएको हो।

सोही मुद्दामा यसअघि दीपक भट्ट र शुलभ अग्रवालसँग पनि धरौटी माग गरेको थियो।

बिमा कसुरमा अग्रवालसँग २ करोड र भट्टसँग डेढ करोड धरौटी माग गरेको थियो। त्यस्तै धितोपत्रसम्बन्धी कसुरमा अग्रवालसँग २ करोड ३० लाख र भट्ट एक करोड धरौटी माग गर्ने आदेश दिएको थियो।

 

कमेन्ट गर्नुहोस्
Share: