पेरुमा पर्यटक बोकेको विमान खस्दा १३ जनाको मृत्यु

835
0
Share:

काठमाडौं । पेरुको नाज्का सहर बाहिर शनिबार पर्यटक बोकेको एउटा सानो विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।

एजेन्सी रिपोर्टका अनुसार नजिकैको इका सहरबाट उडेको विमान नाज्का लाइन्स पुगेपछि विमान खेतमा खसेको हो। त्यसपछि विमानमा आगो लागेको थियो।

जहाजमा दुई पाइलट र ११ पर्यटक थिए। दुर्घटनापछि विमानको भग्नावशेष नजिकै जलेका शव छरिएका थिए। पर्यटक कहाँका थिए भन्ने कुरा खुलाइएको छैन।

कमेन्ट गर्नुहोस्
Share: