
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच आइतबार साँझ भेटघाट भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्। दुई नेताहरूबीच करिब ४५ मिनेटसम्म छलफल भएको रविनिकट स्रोतले पुष्टि गरेको छ।
भेटमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारका आगामी प्राथमिकता तथा कदमहरू र रास्वपा सभापति लामिछानेको आसन्न चीन भ्रमणका सम्बन्धमा केन्द्रित रहेर संवाद भएको छ।
“उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थिति, सरकारका आगामी कार्ययोजनाहरू र अध्यक्षज्यूको चीन भ्रमणका विषयमा सकारात्मक छलफल भयो,” रविनिकट स्रोतले जानकारी दियो।
कमेन्ट गर्नुहोस्
