यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा

Share:

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै केही भूभागमा भारी वर्षाको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति कोसी र वाग्मती प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

पहाडी भूभागका धेरै स्थानमा तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोसी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ । विभागले राति देशभर साधारणतया बादल लाग्ने जानकारी दिएको छ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोसी, मधेस, पाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वमा सरदर स्थानको आसपास रहेको विभागले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: