पोखराको कालिमाटीबाट ठूलो परिमाणको लागूऔषधसहित सागर तिमिल्सिना पक्राउ

Share:

पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं. २२ कालिमाटीबाट ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त प्रहरी टोलीले भदौ १ गते राति करिब १०:१५ बजेको समयमा पोखरा-८ सिर्जनाचोक बस्ने २६ वर्षीय सागर तिमिल्सिनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले निजको साथबाट डाईजापाम ८७ एम्पुल, फेनेरागन ८३ एम्पुल र नुर्फिन ७९ एम्पुल गरी जम्मा २४९ एम्पुल लागूऔषध बरामद गरेको छ। यसका साथै ओनिरेक्स १८६ बोतल, ओनसिन ५ बोतल गरी कुल १९१ बोतल र १ थान मोबाइलसमेत जफत गरिएको छ।

पक्राउ परेका तिमिल्सिनाविरुद्ध लागूऔषधसम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: