प्रधानमन्त्री बालेन र प्रधानन्यायाधीश शर्मा आज पोखरामा

Share:

पोखरा । मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज काठमाडौंबाट गाडीमार्फत पोखरा आउँदैछन् ।

सडक मार्ग हुँदै पोखरा पुगेर त्यहाँबाट मुस्ताङ जाने उनको औपचारिक कार्यक्रम रहेको छ । प्रधानमन्त्री सवार गाडी धादिङ आइपुगेको बताइएको छ । उनी आजै दिउँसोसम्म पोखरा पुग्ने कार्यक्रम रहेको छ ।

यसैबीच, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा आज (शुक्रबार) बिहानै पोखरा आइपुगेका छन् ।

प्रधानमन्त्री पोखरा पुग्नुअघि नै पोखरा ओर्लिएका प्रधानन्यायाधीश शर्मा हाल उच्च अदालत पोखराको कार्यक्रममा व्यस्त छन् ।

कमेन्ट गर्नुहोस्
Share: