नीजि क्षेत्रको सहभागिता विना देश विकास असम्भव : मन्त्री सापकोटा

211
0
Share:

रञ्जन अधिकारी पोखरा, २७ मंसीर / बन तथा भु—संरक्षण मन्त्री अग्नीप्रसाद सापकोटाले नीजि क्षेत्रको सहभागिता विना देशको विकास सम्भव नभएको बताएका छ । ‘नीजि क्षेत्रको सहभागिता विना देश विकास हुन्छ भन्नु बकवास मात्र हो,’ उनले भने– ‘सरकार र नीजि क्षेत्रको सहकार्यबाट मात्र देशले आर्थिक समृद्धि हासिल गर्न सक्दछ ।’

नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र पश्चिमाञ्चल क्षेत्रीय उद्योग बाणिज्य संघ तथा बहुसरोकारवाला बन कार्यक्रमको सहकार्यमा आईतबारदेखि पोखरामा सुरु भएको बनपैदावारको व्यवसायिक प्रवद्र्धन योजना सम्बन्धी तीन दिने गोष्ठीको उद्घाटन गर्दै उनले लगानीको वातावरण बनाउन सरकार लागि परेको बताएको हो ।

‘जनताको विश्वास जित्न नसके सरकारले केही गर्न सक्दैन,’ उनले भने– ‘सरकारले गरेका निर्णयले जनतामा उत्साह जगाउन सकियो भने मात्र विकासले गति लिन्छ ।’ हरेक क्षेत्रमा रुपान्तरणको खाँचो रहेको बताउँदै उनले राजनीतिक परिर्वतन भएपनि हाम्रो मानसिकता परिवर्तन नहुदाँ प्रतिफल आउने गरी काम हुन नसकेको स्वीकार गरे । हरियो बन नेपालको धन भन्ने गरिएपनि राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान नगन्य देखिएकोले बन सम्वन्धि नीतिलाई परिर्वतन गरेर वैज्ञानिक व्यवस्थापन गर्न मन्त्रालयले तयारी थाल्ने बताए ।

मन्त्री सापकोटाले बन जोगाउने सकारात्मक सोचका साथ र्निमाण गरिएका केही नियमहरुले कठिनाई दिएपनि नेपालमा सकारात्मक सोच बोक्नेहरुको अभाव भएका कारण केही खुकुलो बनाउन पनि डर लाग्ने अवस्था भएको बताए । बनमा उत्पादन भएका जडिबुटी, घाँस दाउरा वा काठ जे भने पनि एक दिन नष्ट भएर जाने नै हुन , तर काम लाग्ने र नलाग्ने छुट्टाएर गोडमेल गर्न छुट दिने हो भने बन सबै सखाप पारीदिने नियत भएका कारण निकाल्न मिल्ने काठहरु पनि कुहिएर गएको उनले बताए । ‘अहिले देशमा बिदेश बाट काठ आउँछ । तर देश भित्रका काठहरु बनमै कुहिएर गएका छन’ – मन्त्री सापकोटाले भने–‘आवस्यक प्रकृया मिलाएर बन गोडमेलका कार्यक्रम गर्नुपर्छ तर बन नष्ट गर्न भने कोहि उद्धत हुनुहुँदैन ।’ उनले आफु सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने भएपनि भुकम्प पीडितको लागि केहि गर्न नसकेकोमा ग्लानी भएको भन्दै चाहेर पनि केहि गर्न सक्ने अवस्था नभएको बताए । विदेशी सहयोग समेत भित्राउन नसक्ने ब्युरोक्रेसी भएकोले सबै आफै नसुध्रिएसम्म मुलुकले संकटबाट पार पाउन नसक्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष आनन्द राज मुल्मीले समानान्तर सरकारको अर्थतन्त्र विकास भएकोले यसले भयानक खतरा ल्याउने बताए । सरकारले चाहेर पनि केहि गर्न नसकेको भन्दै उनले अब कालाबजारी नियन्त्रण गर्न ठुलो कसरत गर्नुपर्ने अवस्था आएको बताए । नेपालको राज्यशक्ति विकेन्द्रित भएको जस्तो देखिएको भन्दै उनले भुकम्पबाट पीडितहरुका लागि सरकारले केहि गर्न नसकेको तर्फ मन्त्रीको ध्यानाकर्षण पनि गराए । मुल्मीले नेपालमा पाइने बहुमुल्य जडिबुटिको उपयोग हुन नसकेको बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानको बन सम्वन्धि ऐन, नियम परिर्वतन नहुदाँसम्म बनमा नीजि क्षेत्रले लगानी गर्न नसक्ने बताए । आर्थिक उन्नति विना कसैको पनि विकास नहुने भन्दै सरकारले लगानीको वातावरण बनाउनुपर्ने उनको भनाई थियो ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा संघका सदस्य दिपक लम्साल, पश्चिमाञ्चल उद्योग बाणिज्य संघका महासचिव रविन्द्रबहादुर प्रजु लगायतले बोलेका थिए। तीन दिन सम्म चल्ने तालिममा पश्चिमाञ्चलमा रहेको विभिन्न जिल्ला र नगर उद्योग बाणिज्य संघका गरी २५ जनाको सहभागिता रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: