
काठामाडौं । राहत र उद्धारको सामग्री लिएर भारतीय वायुसेनाको जहाज काठमाडौँ आउने भएको छ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले १० टन राहत र औषधिजन्य सामग्री काठमाडौँ पठाएको जानकारी दिएका छन्।
उनले एक्समा लेख्दै नेपालको बाढीप्रभावित क्षेत्रमा मानवीय सहायता उपलब्ध गराइएको बताएका हुन्।
जयशंकरले भारत नेपाल र नेपालीहरूको साथमा रहेको पनि उल्लेख गरेका छन्।
कमेन्ट गर्नुहोस्
