पृथ्वी राजमार्गको गल्छी-मलेखु खण्डको लेदो पन्छाएर यातायात सुचारु

Share:

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत गल्छी-मलेखु सडक खण्डमा थुप्रिएको लेदो पन्छाएर शुक्रबार साँझदेखि सवारी आवागमन पुनः सञ्चालनमा ल्याइएको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार सडकमा जम्मा भएको लेदो पन्छाएपछि पहिलो चरणमा अत्यावश्यक सवारीसाधनहरूलाई प्राथमिकताका साथ गन्तव्यतर्फ प्रस्थान गराइएको छ ।

राजमार्ग अवरुद्ध हुँदा बीच बाटोमै अलपत्र परेका गाडीहरूलाई सडक खुलेसँगै सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ ।

निरन्तरको प्रयासपछि लेदो हटाएर सडक सञ्चालनमा आएपछि रोकिएका यात्रु तथा सवारीसाधनहरूले राहत पाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: