भोटेकोशी बाढी अपडेट : ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो

Share:

काठमाडौं । भोटेकोशीमा आएको बाढीले बगाउँदा ज्यान गुमाउनेको संख्या ५५३ पुगेको छ । शुक्रबार साँझ ५ बजेसम्म नदी किनारमा ५५३ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सबैभन्दा बढी चितवनमा २२२ जनाको शव भेटिएको छ । यसैगरी, रसुवामा १३, धादिङमा ४०, गोरखामा ४७, नवलपरासी पूर्वमा १३४, नुवाकोटमा ३८, तनहुँमा ३१ र नवलपरासी पश्चिममा २८ जनाको शव भेटिएको हो ।

बाढीमा २७ जना प्रहरी सम्पर्कविहीन बनेका छन् । एक जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । पछिल्लो दिनमा एक हजार ४७३ जनाको उद्धार गरिएको छ ।

उनीहरूमध्ये घाइते ९७ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: