बाढीपीडितका लागि जुट्यो ठूलो सहयोग: प्रधानमन्त्री कोषमा ५ अर्ब ४ करोड जम्मा, ठगीबाट बच्न सरकारको अपिल

Share:

काठमाडौं। बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५ अर्बभन्दा बढी रकम जम्मा भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का अनुसार विभिन्न ९ वटा वाणिज्य बैंकहरूमा रहेका कोषका खाताहरूमा हालसम्म रु ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ जम्मा भइसकेको छ।

यसबाहेक हिमालयन र लक्ष्मी सनराइज बैंकमा वैदेशिक सहयोग स्वरूप थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर प्राप्त भएको छ। यसैबीच, प्रधानमन्त्री शाहले विपद्को यस संवेदनशील घडीमा संकलित रकमको पारदर्शी उपयोग र सम्भावित वित्तीय ठगी नियन्त्रणका लागि सरकारद्वारा जारी आधिकारिक माध्यमबाट मात्र सहयोग गर्न आग्रह गरेका छन्।

उनले ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ र ‘प्रधानमन्त्री कोष’ नाममा रहेका आधिकारिक खाता तथा सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्यूआर कोड’ मार्फत मात्र सहयोग रकम जम्मा गरिदिन देश-विदेशमा रहेका सबै नागरिक एवं संघ-संस्थाहरूलाई अनुरोध गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: