
विग न्यूज
गायन रियालिटि शो ‘विग आईकन’को छैठौँ सँस्करणको ‘पावर्ड बाई’ टाईटलमा ‘जिङ्ग अल्ट्रा प्रिमियम भोड्का’ फाईनल भएको छ । मंगलबार विग एफएमका मार्केटिङ म्यानेजर कमल बराल र जिङ्ग भोड्काको उत्पादक कम्पनी प्रिमियर अर्गानिक्स प्रालिका मार्केटिङ सुपरभाईजर विजय पोखरेलबीच ईभेन्टमा व्यवसायिक रुपमा सहकार्य गर्ने विषयमा सम्झौता भएको हो ।
‘जिङ्ग अल्ट्रा प्रिमियम भोड्का’को विग आईकनसँगको सहकार्य पहिलोपटक हो । भर्खरै बजारमा आएको यो भोड्का यतिबेला तिव्र प्रचारप्रसारका साथ बजारिकरणमा लागेको छ । ‘हामीलाई हाम्रो उत्पादनको बारेमा बजारलाई जानकारी दिनका लागि गायन रियालिटि शो विग आईकन एउटा गज्जबको ईभेन्ट हो ।’ सम्झौता भैसकेपछि कम्पनीका पोखरेलले भने–‘यो सम्झौताले दुवै पक्षलाई फाईदा पु¥याउने देखेपछि हामी ईभेन्टसँग जोडिएका हौँ ।’
यस्तै विग एफएमका मार्केटिङ म्यानेजर कमल बरालले विग आईकनजस्तो ईभेन्टसँग ‘जिङ्ग अल्ट्रा प्रिमियम भोड्का’ले व्यवसायिक सहकार्य गर्नु राम्रो कुरा भएको बताए । ‘आक्रामक रुपमा प्रचारप्रसारमा उत्रिएको यो कम्पनीसँग आगामी दिनमा पनि व्यवसायिक सहकार्य गर्न हामी तयार छौँ ।’ उनले भने–‘यो सहकार्यले निरन्तरता पाओस् । र, दुवै व्यवसायिक संस्थालाई लाभ पुगोस् भन्ने हामी चाहन्छौँ ।’ ‘गेट सेक्सी’ ट्याग लाईन लिएर ‘जिङ्ग अल्ट्रा प्रिमियम भोड्का’ यतिबेला बजारमा आएको छ ।
त्यस्तै विग आईकनको आयोजक संस्था विग एफएमले चाँडै नै प्रतियोगिताको अडिसन शुरु गर्ने जनाएको छ । केहि दिनमा नै एफएमले ईभेन्टको बारेमा सम्पूर्ण जानकारी पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिने बताएको छ ।
छैठौँ सँस्करणको विग आईकनमा हालसम्म टाईटल स्पोन्सरको रुपमा सामसुङ मोबाईल, सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स नेपाल, प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपलडाली मसला र पोखरा सिने प्लेक्स, सपोर्टेड बाई टाईटलमा एब्स्ट्रयाक्ट एजुकेशन नेटवर्क, टेलिभिजन पार्टनरमा एभिन्यूज टेलिभिजन, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाईन पार्टनरमा जक्शन डटकम, म्यागेजिन पार्टनरमा ‘यस’ म्यागेजिन, होटल पार्टनरमा होटल बाराहि, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट न्युरोड, बैंकिङ पार्टनरमा गरिमा विकास बैंक र ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।
