
पोखरा । प्रतिभाको खोजी र अवसरको यात्रामा अघि बढिरहेको ‘कास्की आइडल सिजन-२’ को पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ।राउन्डबाट गायन र नृत्यतर्फ समान २२/२२ जना गरी ४४ जना प्रतियोगी अर्को चरणका लागि छनोट भएका छन्। साँझ क्रियसन्स प्रालिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको एलिमिनेसन राउन्डमा प्रतियोगीहरूले गायन तथा नृत्य प्रस्तुत गरेका थिए।
छनोट भएका प्रतियोगी अब आगामी चरणमा प्रवेश गर्नेछन्। आयोजकका अनुसार प्रतियोगिताको अर्को राउन्ड असोज १० गते हुनेछ। कार्यक्रमको सभाध्यक्ष कास्की आइडल सिजन-२ का संयोजक तथा रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेल रहेका थिए।
प्रमुख अतिथिका रूपमा पृथ्वीनारायण क्याम्पसको नेपाली शिक्षा विभागका पूर्वप्रमुख तथा नेपाली गीतमा विद्यावारिधि गरेका प्राध्यापक डा। बाबुराम अधिकारी उपस्थित थिए। कार्यक्रममा माध्यमिक विद्यालय शिक्षा युनियन (हिस्टुन) का महासचिव शंकर तिवारी, सन्जीव फिल्म्सका निर्देशक सन्जीव घिमिरे, शिक्षक युनियन कास्कीका पूर्वअध्यक्ष तथा पूर्वप्रधानाध्यापक जगन्नाथ अधिकारी, सिद्ध माध्यमिक विद्यालय फालेपाटनका प्रधानाध्यापक गुरुदत्त कोइराला, न्यू एरा एकेडेमीका प्रिन्सिपल तथा संस्थापक वेदप्रसाद बास्ताकोटीलगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, प्रतियोगी तथा सञ्चारकर्मीको उपस्थिति थियो।
गायनतर्फ संगीत प्रशिक्षक खेम लामा तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान लमजुङका अध्यक्ष एवं गायक प्रशान्त तामाङ निर्णायक रहेका थिए। नृत्यतर्फ उपेन्द्र गुरुङ र कविता पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
गायनतर्फ प्रमेश गुरुङ, रोशनी विश्वकर्मा, प्रताप रानाभाट, मनसा गुरुङ, राजन सार्की, इभा बास्तोला, सदीक्षा सुनार, इडिभा खातीवडा, सुमन भण्डारी, विवेक बराइली, राजु गुरुङ, ओभिया गुरुङ, बुद्धि तामाङ, रिहाना बास्तोला, अमृत गुरुङ, संस्कार सुवेदी, रमण खान, अञ्जल बी।के।, मिलन विश्वकर्मा, आरती नेपाली, दिक्ष्या लामिछाने र डिप्सन दर्जी अर्को चरणका लागि छनोट भएका छन्।
त्यस्तै नृत्यतर्फ प्रशंसा सापकोटा, तृप्ति गुरुङ, जेनिशा परियार, स्मृति गुरुङ, नोरा गुरुङ, सहारा रानाभाट, सुमिना कुँवर, गौमाया गुरुङ, जमुना गुरुङ, आयुषा घोताने, प्रनिशा लामिछाने, मनिका नेपाली, सिम्रन थापा, बिपाशा सुनार, आरुशी सुनार, सबिना तामाङ, अञ्जना नेपाली, विनायक कुँवर, दित्या अधिकारी, पबिना पुन मगर, स्मृति सुवेदी र रसिका भण्डारी छनोट भएका छन्।
४४ जना प्रतिभा अर्को चरणका लागि छनोट भएसँगै ‘कास्की आइडल–२’ को प्रतिस्पर्धा थप रोचक बनेको छ। आगामी चरणमा प्रतियोगीहरूले आफ्नो प्रतिभालाई थप निखार्दै निर्णायक तथा दर्शकको मन जित्ने प्रयास गर्नेछन्। कार्यक्रमको सञ्चालन सस्मिता बास्तोला र साँझ क्रियसन्सका अध्यक्ष झलककुमार गुरुङले गरेका थिए।
