अत्यधिक वर्षा हुन थालेपछि पोखराका विद्यालयमा २ दिन बिदा

Share:

पोखरा । पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा दुई दिन बिदा दिइएको छ । पोखरा महानगरपालिकाले आज ८ गते र भोलि ९ गते महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

मौसममा आएको परिवर्तन र प्राकृतिक प्रकोपको उच्च जोखिमलाई मध्यनजर गरी पूर्वसावधानी अपनाउदै विद्यालयहरूमा पठनपाठन बन्द गरिएको मेयर धनराज आचार्यले बताएका छन् ।

मेयर आचार्यले सम्भावित जोखिमको अवस्थामा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण नगरवासीहरुलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
Share: