विग आईकनको मिडिया पार्टनरमा समाधान दैनिक

Share:

विग न्यूज, २ पुस | नेपालमै सर्वाधिक पुरस्कार राशि भएको गायन रियालिटि शो ‘विग आईकन’को छैठौँ सँस्करणको मिडिया पार्टनरमा समाधान राष्ट्रिय दैनिक फाईनल भएको छ । मिडिया पार्टनरका लागि विहिबार विग एफएमका मार्केटिङ म्यानेजर कमल बराल र समाधान राष्ट्रिय दैनिकका मार्केटिङ म्यानेजर श्रीप्रसाद पोखरेलबीच सहमती भएको हो ।

यो सँगै विग एफएमसँग मिडिया पार्टनरको रुपमा सहकार्य गर्ने संस्थाको संख्या तीन पुगेको छ । ईभेन्टको लागि एफएमले यसअगाडि नै कान्तिपुर साप्ताहिक, एभिन्यूज टेलिभिजन र फेवा टेलिभिजनसँग मिडिया पार्टनरका लागि सहमती गरिसकेको छ ।

विहिबार मिडिया पार्टनरका लागि समाधान दैनिकसँग सहमती गरिसकेपछि एफएमका मार्केटिङ म्यानेजर कमल बरालले दुई मिडियाबीचको सहमतीले धेरै कुरामा अर्थ राख्ने बताए । ‘यो एउटा गतिलो सन्देश पनि हुनसक्छ कि मिडियाबीच आपसमा यस्तो खाले समझदारी पनि हुन्छ ।’ बरालले भने–‘हामीले यो सहमतीलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौँ ।’

यस्तै समाधान दैनिकका मार्केटिङ म्यानेजर श्रीप्रसाद पोखरेलले पनि विग एफएमको ग्राण्ड ईभेन्टसँग मिडिया पार्टनरको रुपमा सहकार्य गर्न पाउँदा खुशि लागेको बताए । उनले आफ्नो तर्फबाट ईभेन्टको लागि गर्नुपर्ने सम्पूर्ण कुराहरुमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

छैठौँ सँस्करणको विग आईकनमा हालसम्म टाईटल स्पोन्सरको रुपमा सामसुङ मोबाईल, सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स नेपाल, प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपलडाली मसला र पोखरा सिने प्लेक्स, सपोर्टेड बाई टाईटलमा एब्स्ट्रयाक्ट एजुकेशन नेटवर्क, पावर्ड बाई टाईटलमा जिङ्ग अल्ट्रा प्रिमियम भोड्का, टेलिभिजन पार्टनरमा एभिन्यूज टेलिभिजन, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाईन पार्टनरमा जक्शन डटकम, म्यागेजिन पार्टनरमा ‘यस’ म्यागेजिन, होटल पार्टनरमा होटल बाराहि, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट न्युरोड, बैंकिङ पार्टनरमा गरिमा विकास बैंक र ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: