कांग्रेस १५औँ महाधिवेशनमा आज मनोनयन दर्ता हुँदै

Share:

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको मनोनयन दर्ताको कार्यतातिका छ ।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म इच्छुक व्यक्तिले आफ्नो मनोनयन दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।

उमेदवारको प्रथम नामावली प्रकाशन दिउँसो साढे ४ बजे हुनेछ ।

उमेदवारीको दरखास्तमा दावी विरोधका लागि साढे ४ देखि साढे ५ बजेसम्मको समय तोकिएको छ ।

दावी विरोधउपर जाँचबुझ साढे ५ देखि साढे ६ बजेसम्म हुनेछ ।

उमेदवारको दोस्रो नामावली प्रकाशन बेलुका ७ बजे हुने निर्वाचन समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: