यस वर्षको बडादशैं टीकाको उत्तम साइत कात्तिक ३ गते बिहान १०:२६ बजे

Share:

काठमाडौं । यस वर्षको बडादशैंको टीकाको साइत बिहान १०ः२६ बजे रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको बडादशैं शुभसाइतअनुसार विजया दशमी तथा देवी विसर्जन कात्तिक ३ गते मंगलबार परेको छ ।

सोही दिन बिहान १०ः२६ बजे टीकाको साइत निर्धारण गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार यस वर्षको नवरात्रारम्भ तथा घटस्थापना असोज २५ गते आइतबार बिहान ११ः४७ बजे रहेको छ ।

फूलपाती असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे, महाष्टमी कात्तिक १ गते आइतबार बिहान १०ः३९ बजे र महानवमी कात्तिक ३ गते मंगलबार परेको छ ।

विजया दशमीका दिन टीका लगाउँदा पश्चिम मोहडा गरेर टीका लगाइमाग्नेले पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: