आज यी स्थानमा हुनेछ वर्षा

Share:

काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशका सबै भूभाग तथा हिमाली र पहाडी भूभागमा साधारणतया बादल  लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक/दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागले राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।  तराईका केही भूभागमा हुस्सु लाग्ने सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ ।

कोसी प्रदेशका तराई भूभागका एक/दुई स्थानमा मध्यमसम्मको  वर्षाको सम्भावना छ ।

 

कमेन्ट गर्नुहोस्
Share: