
काठमाडौं, ५ पुस-
यू १४ छात्रा क्षेत्रीय फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपालले बंगलादेशसँग भिड्दैछ ।
बिहान ११ बजेपछि ललितपुरमा सुरु हुने खेलमा किशोर केसीको प्रशिक्षणमा रहेको नेपाली टोली पूजा रानाको कप्तानीमा मैदान उत्रदैछ ।
त्यस्तै विष्पी टोली कृष्ण रानी सरकारको कप्तानीमा खेल्नेछ । शुक्रबार नेपाल आएको बंगलादेशको टोली र नेपाल बिच आजको खेल निकै रोमाञ्चक हुने अनुमान छ ।
यो खेल गत वैशाख १२ गते हुने तय भए पनि विनाशकारी भूकम्पका कारण प्रभावित भएको थियो ।
प्रतियोगीतामा नेपालसहित बंगलादेश, भारत, भुटान, इरान, माल्दिभ्स र श्रीलंका गरी सात देश सहभागी प्रतियोगितामा दुई समुह बनाइएको थियो ।
कमेन्ट गर्नुहोस्
