छैठौँ विग आइकनको अडिसन आजपनि जारी

Share:

पोखरा, ६ पुस-
सामसुङ ग्यालेक्सी जे सेभेन छैठौँ विग आईकनको पहिलो चरणको अडिसन आजपनि जारी छ ।

आईतबारदेखि सुरु भएको अडिसनमा अहिले पनि न्यूरोडस्थित स्काई टच रेष्टुरेण्टमा प्रतिस्पर्धीहरुले अडिसन दिईरहेका छन् । अडिसन बिहान ८ बजेदेखि नै सुरु भैसकेको छ ।

पहिलो दिन हिजो १ सय ३० जनाले अडिसनमा सहभागिता जनाएकोमा ५२ जना अघिल्लो चरणमा प्रवेश गरेका छन् । प्रतियोगितामा ४२ जिल्लाका ९ सय ३ जना गायन प्रतिभाहरु सहभागि हुने विग एफएमका अध्यक्ष महेश भण्डारीले जानकारी दिए ।

विग आईकनको यो सिजन अबको दुई महिनासम्म चल्नेछ । प्रतियोगिताको निर्णायकहरुमा कर्णदास, सुनिल थापा, श्यामसुङ तामाङ, विवेक थापा र विनोद बानियाँ रहेका छन् ।

छैठौँ सँस्करणको विग आईकनको विजेताले उपाधीसँगै १ लाख ७५ हजार रुपैयाँ बराबरको हिरो ड्यास स्कुटर र बेलायतको साँगीतिक यात्रा पुरस्कार स्वरुप पाउने एफएमले बताएको छ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: