स्थिती असामान्य बनेपछि रौतहटको गौरमा पुनः कफ्र्यु लगाइयो,

Share:

ताजाखबर, ६ पुस-
जिल्ला प्रशासन कार्यालय रौतहटले सोमबार विहान साढे १० बजेदेखि पुनः कर्फ्यू लगाएको छ ।
हिजो विपीचोकमा प्रहरीको गोली लागेर एक विद्यार्थीको मृत्यु भएपछि आक्रोशित मधेशी मोर्चाका कार्यकर्ताले आफूहरुको आन्दोलनमा प्रहरीले दमन गर्न खोजेको भन्दै आज बिहानैदेखि प्रदर्शन गरेपछि बिहान १० बजेपछि त्यहाँ अनिश्चितकालका लागि पुनः कफ्र्यु लगाईएको छ ।
उनीहरुले इलाका प्रहरी कार्यालय गंगापिप्रा, कटहरिया र बंकुल समेत आक्रमण गरेका छन् । हिजोको घटनापछि स्थानीय प्रशासनले दिउँसो चार बजेदेखि गौरमा कफ्र्यु लगाएको थियो ।
बिहान ६ देखि १० बजेसम्म भने कफ्र्यु हटाइएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: