
नवराज ढुङ्गाना/पोखरा, ९ पुस-
कास्कीमा शुक्रबार स्कुटर र मोटरसाईकलका लागि पेट्रोल समेत वितरण गरिँदैछ ।
बिहीबार चार पाँग्रे सवारीसाधनका लागि पेट्रोल उपलब्ध गराएको नेपाल आयल निगमको गगनगौंडा डिपोले स्थानीय प्रशासनको निर्णय अनुसार शुक्रबार दुईपाँग्रे सवारीसाधनका लागि पेट्रोल उपलब्ध गराउन लागेको हो ।
शुक्रबार २९ वटा पम्पबाट दुईपाँग्रे सवारीसाधनलाई जोर र बिजोर नम्बर अनुसार पाँच सय रुपैयाँ बराबरको पेट्रोल उपलब्ध गराईनेछ ।
निजामति/संस्थानका कर्मचारीका लागि श्रीओम पेट्रोलियम टे«डर्स चाउथेबाट, प्रहरी/शसस्त्र प्रहरी/नेपाली सेना, र पत्रकारका लागि कालिका पेट्रोल पम्प जिरो किलोमिटरबाट, शिक्षक/प्राध्यापक/शैक्षिक प्रतिष्ठानका कर्मचारीका लागिगण्डकी पेट्रोेलियम कम्पनी, अमरसिंहचोकबाट र स्वास्थ्य कर्मी, अधिवक्ता, वित्तिय संस्था/एयरलाईन्स, गै.स.स., र अन्य कर्मचारीका मोटरसाइकलका लागि शुक्रबार नेशनल ट्रेडिङ्ग, वसपार्कबाट पेट्रोल वितरण गरिने स्थानीय प्रशासनले जनाएको छ ।
