
काठमाडौं, १० पुस-
नेपालमा भारत विरोधी भारवना बढेको भन्दै भारतले नेपाल भारत सीमानाकाहरुमा २७ वटा एफएम रेडियो संचालन गर्न नृेपाल सरकारसँग अनुमति माग गरेको छ । भारत विरोधी भावनालाई तोड्न भन्दै भारतीय सुरक्षा बल (एसएसबी) ले नेपालसँग सिमा जोडिएका ठाउँमा रेडियोका टावर बनाउन अनुमति मागेको हो ।
एसएसबीको ५२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एसएसबीका निर्देशक बीडी शर्माले सिमा क्षेत्रमा भारतविरोध प्रोपोगान्डा भइरहेको खबर एसएसबी युनिटले ल्याएको भन्दै त्यसलाई नियन्त्रण गर्न एफएम रेडियोको टावर स्थापना गर्नु पर्ने बताएका हुन् ।
कमेन्ट गर्नुहोस्
