
रञ्जन अधिकारी पोखरा, १० पुस / पोखराको बहुप्रतिक्षित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्लथको निर्माण कार्यमा ढिलाइ हुनुमा अर्थ मन्त्रालयको उदासनिता रहेको व्यवस्थासपिक संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको निश्कर्ष छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको नियमन निकायको रुपमा रहेको उक्त समितिले राष्ट्रिय गौरवको परियोजना पोखरा विमानस्थलको स्थलगत अध्ययन, अवलोकन गरेपछि निर्माण कम्पनीसँग सम्झौता भइसक्दा पनि काममा ढिलाई हुनुमा अर्थ मन्त्रालयको कमजोरी रहेको पोखरामा पत्रकार समेमलन गरी बताएको छ ।
चिनको सिएएमसीइसँग विमानस्थल निर्माणको लागि सन २०१४ मे २२ मा सम्झौता भएपनि दातृ देशसँग ऋण सम्झौता गर्न अर्थ मन्त्रालयले पहलकदमी नलिएको समितिका सभापति प्रभु साहले बताए । उनले ऋण सम्झौता गर्न किन ढिलाई भएको हो?, यसबारे अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सम्वन्ध शाखालाई जानकारी गराउन निर्देशन गर्ने र तत्काल ऋण सम्झौताको पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । चिनियाँ कम्पनीले इपीसी मोडलमा २ सय १५ दशमलव नौछपाँच मिलियन अमेरिकी डलरमा विमानस्थल निर्माण गर्ने गरी सम्झौता गरेको छ ।
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीय स्तरमा केही समस्या नरहेको, विमानस्थललाई आवश्यक पर्ने थप ६ सय २९ रोपनी जग्गा अधिग्रहण गरिसकिएको र अहिले सम्म १ अर्व ५० करोड मुआब्जा वितरण गरिसकिएको छ। पोखराको छिनेडाँडामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि ४० वर्ष अघि ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएपनि अहिलेसम्म विमानस्थल बन्न सकेको छैन ।
पोखरामा रहेका महत्वपुर्ण पर्यटकीय स्थलको अवलोकन गरेपछि समितिका सभापति साहले पोखरा र आसपासको पर्यटन पवद्र्धन र पर्यटकीय सम्पदाको संरक्षणमा राज्यले नेतृत्वदायी भुमिका नखेलेको महशुस भएको बताए । उनले पत्रकार सम्मेलनमा पोखराको पर्यटन प्रवद्र्धनमा राज्यले चासो नदिएको बताउँदै पर्यटकीय सम्पदाको संरक्षणको साथै पर्र्यटनको विकास गर्न एकिकृत संयन्त्र र योजना आवश्यक भएको बताए । ‘पर्यटनको विकासको लागि फुटकार प्रयास भएको देखियो’ उनले भने–‘ फुटकर प्रयासले खासै प्रगति भएको देखिएन, अव माष्टर प्लान नै आवश्यक देखिएको छ, यसका लागि विभिन्न निकाय भन्दा पनि एकिकृत सयन्त्रबाट काम गरिनु पर्दछ । ’
सभापति साहले संविधान निर्माण नै पहिलो प्राथमिकता भएकोले दुई वर्षसम्म समितिले राम्रोसँग काम गर्न नसकेको बताउँदै संविधान निर्माण भइसकेकोले समितिले राष्ट्रिय गौरवका आयोजनाको कामको प्रगति बारे निरन्तर अनुगमन गर्ने बताए । शाहले समिति गठन भएको दुई वर्षपछि पहिलो पटक अध्ययन अनुगमनको लागि काठमाडौ बाहिर आएको जानकारी दिए । उनले भैरहवाको गौतम बुद्ध विमानस्थल र निजगढको अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्ने जानकारी दिए ।
समितिका सदस्य जुडामणि जंगलीले निमार्णधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, पोखरा पर्यटन कार्यालय पोखरा पर्यटन बोर्ड पोखरा पर्वतिय संग्रहालय र विश्व शान्ति स्तुपको समितिले अवलोकन गरेको जानकारी दिए । पर्यटनको समस्या के छ ?, पर्यटनको विकासको लागि एकिकृत योजना बनाउु्को साथै यहाँका सरोकार वाला निकायको दिएका राय सुझावलाई नीति, निर्माणमा समावेश गराउन पहल गरिने जंगलीले जानकारी दिए ।
