छैठौँ बिग आईकनमा ७९ जना तेस्रो चरण प्रवेश

Share:

बिग न्युज पोखरा, १२ पुस । विग आईकनको यो सिजन अन्तरगत आईतबारसम्म दुईवटा चरणका अडिसन सकिएको छ । छैठौ विग आईकनको दुईवटा अडिसनपछि तेस्रो चरणका लागि जम्माजम्मी ७९ जना प्रतिभाहरुले ‘पहँेलो कार्ड’ प्राप्त गरे । दुई दिनसम्म चलेको दोस्रो चरणको अडिसनमा पहिलो चरणबाट छानिएर आएका १ सय १२ जना गायन प्रतिभाहरु सहभागी भएको एफएमले जनाएको छ ।

तेस्रो चरणको अडिसन मंगलबार विहान ९ बजेदेखि न्यूरोडस्थित स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा हुने एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले जानकारी दिए । छैठौँ सँस्करणको विग आईकनको पहिलो अडिसनमा ४२ जिल्लाका ९ सय ३ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए ।

आईतबार निर्णायकहरु श्यामसुङ तामाङ, सुनील थापा र विवेक श्रेष्ठले प्रतियोगीहरुको अडिसन लिएका थिए । ‘दोस्रो चरणबाट तेस्रो चरणमा हामीले अझै बढि छानेर प्रतिभाहरुलाई पु¥याएका छौँ ।’ निर्णायकहरुले भनेका छन्–‘छैठौँ सँस्करणको यो विग आईकनमा निकै प्रतिभावान प्रतिस्पर्धीहरु आएका छन् । त्यसैले प्रतियोगिता कडा हुने निश्चित छ ।’ श्यामसुङ तामाङ्ग, सुनिल थापा, बिनोद बानिया, कर्णदास र विवेक श्रेष्ठ यो पटक निर्णायकको रुपमा रहेका छन् ।

छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

छैटौ संस्करणको बिग आइकनमा हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ्ग मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।

त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, टेलिभिजन मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन र कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: