काठमाडौं उपत्यकाको तापक्रम बढ्दै

Share:

काठमाण्डौं,१३ पुस।

केही दिनयता काठमाडौं उपत्यकाको तापक्रम बढ्दै गएको छ । आईतवार यही समयमा ५ डिग्री भएको तापक्रम आज ६ पुगेको छ ।

बिहानै २ डिग्री सेल्सियस तापक्रम भएकोमा अहिले घाम लाग्दै जाँदा तापक्रम बढ्दै गएको हो ।
मौसम पूर्वानुमान शाखाका अनुसार आज उपत्यकाको तापक्रम १६ देखि अधिकतम १८ डिग्री सेल्सियस रहने शाखाको अनुमान छ ।
उपत्यकामा बिहान ६ बजेर ५३ मिनेटमा घाम उदायो भने साँझ ५ बजेर १७ मिनेटमा अस्ताउँनेछ ।

कमेन्ट गर्नुहोस्
Share: