
पोखरा, १३ पुस-
पोखरा उद्योग वाािणज्य संघले कास्कीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलाई स्वागत गरेको छ । संघको सचिवालयमा सोमबार आयोजित स्वागत, सम्मान र भेटघाट कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी मैनालीले कानूनले प्रत्याभूत गरेका अधिकारहरुभित्र रही आम जनतालाई सेवा दिन आफू हरदम खटिने बताए ।
्प्रमुख जिल्ला अधिकारीको काम ठूला–ठूला विकासे परियोजना सञ्चालन गर्ने नभई शान्ति –सुरक्षा र अमनचयनलाई नै बढी प्राथमिकता दिनुपर्ने दायित्व भएको उल्लेख गर्दै उनले सकेसम्म कसैलाई कारवाही गर्नुपर्ने वातावरण नबनोस् भन्ने कामना गे ।
उद्योगी÷व्यवसायीले प्रशासनलाई र प्रशासनले उद्योगी व्यवसायीलाई गाली गरेर समस्या समाधान नहुने उल्लेख गर्दै आफू निजी क्षेत्रसँग सहकार्यको लागि सदैव तत्पर रहेको उनको भनाई थियो ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले बजारमा देखिएको इन्धनको समस्या समाधानको पहल गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे ।
स्थानीय प्रशासन व्यवसाय मैत्री हुनुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्र प्रशासनलाई सघाउन तयार रहेको समेत बताए ।
पोखरा उद्योग वाणिज्य संघका सल्लाहकार राजेन्द्रकुमार लालचनले एलपी ग्याँसको सहज आपूर्तिको लागि पोखरा बाहिरका कम्पनीहरुको उत्पादन यहाँ ल्याउन स्थानीय प्रशासनले पहल गर्नुपर्नेमा जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीको धन्यवाद ज्ञापन र महासचिव रवीन्द्रबहादुर प्रजुको सञ्चालन रहेको कार्यक्रममा बोल्दै पोखरा पर्यटन परीषदका अध्यक्ष सोम थापा मगरले पर्यटकीय राजधानी पोखरा सुरक्षित छ भन्ने सन्देश प्रवाहित गर्न स्थानीय प्रशासनको अहम् भूमिका हुने उल्लेख गगरे । कार्यक्रममा एलपी ग्याँस बिक्रेता संघ कास्कीका अध्यक्ष नारायण पौडेल,औषधी व्यवसायी संघका अध्यक्ष यामनाथ पोखरेल, खुद्रा व्यवसायी संघका अध्यक्ष धनीराम बराल,कपडा व्यवसायी संघका अध्यक्ष प्रेम भुजेल लगायतले समसामयिक विषयहरुमा आफ्ना धारणा राखेका थिए ।
