
काठमाडौँ, १४ पुस-
व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ ।
दिउँसो १ बजेका लागि बोलाईएको बैठकमा मा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागि हुने भएका छन् ।
मधेसी मोर्चामा आबद्ध दलका सांसदहरुको नाराबाजीकाबीच सरकारले पेश गरेको संविधानको पहिलो संशोधन विधेयकमाथि आज पनि बैठकमा छलफल हुनेछ । विधेयकमाथी हिजोदेखि छलफल सुरु भएको थियो ।
मधेसी मोर्चाले आफूहरुले उठाएका माग एकमुष्ट पूरा गर्नुपर्ने अडान लिंदै सदनमा विरोध गरिरहे पनि सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीचको सहमति अनुसार संसद बैठकमा संविधान संशोधन विधेयकमाथि छलफल सुरु गरिएको हो ।
कमेन्ट गर्नुहोस्
