आज गुरुङ्ग समुदायको ल्होसार पर्व मनाईंदै

Share:

पोखरा, १५ पुस-
आज गुरुङ समुदायको पर्व ल्होसार, विभिन्न कार्यक्रम गरि हर्सोल्लासकासाथ मनाइदैछ । हरेक बर्ष पुस १५ को दिन ल्हो अर्थात बर्ग फेरिने भएकाले यो दिनलाई ल्होछार पर्वको रुपमा मनाइने गरिएको हो । आजको दिन आफ्ना मान्यजन तथा आफन्तहरुबाट शुभकामना तथा आशिर्बाद आदान प्रदान गर्ने चलन गुरुङ समुदायमा छ । प्रत्येक १२ बर्षमा युग परिवर्तन हुने र यी १२ बर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रुपमा लिइन्छ । ल्होसारको अवसरमा काठमाडौँको टुडिखेलमा विशेष मध्यान्ह विशेष कार्यक्रम पनि हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च तहका व्यक्तिहरु पनि सहभागी हुने भएका छन् । सरकारले तमु ल्होसारको दिन आज सार्वजनिक बिदा समेत दिएको छ ।
ल्होसारको अवसरमा आज पोखरा लगायत देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: