
श्यामशीत्तल, लमजुङ पौष १८,
लमजुङ लमजुङको सुन्दरवजार नगरपालिकाभित्रको सार्वजनिक स्थलमा वनाईएका भौतिक संरचनाहरुलाई आफु अनुकुल प्रयोग गर्ने अधिकार कुनै एक व्यक्ति विशेषलाई नभएको नगरपालिकाका कार्यकारी अधिकृत सुकदेव लम्सालले वताएका छन । सुन्दरवजार नगरपालिका कार्यालयको आयोजनामा खत्रीठाँटीमा संचालित एकिकृत योजना तर्जुमा गोष्ठीको अवसरमा वोल्दै उनले यस्तो वताएका हुन ।
‘‘नगरपालिका भित्र रहेका सार्वजनिक जग्गाहरुमा घर टहरा वनाउने, र वनाईएका भौतिक संरचनालाई पनि भाडामा लगाई आम्दानी गरी निजी प्रयोजनमा खर्च गरिएको पाईएको छ” सुन्दरवजार नगरपालिकाका कार्यकारी अधिकृत सुकदेव लम्सालले भने, ‘‘समुदायका लागि निर्माण गरिएका संरचनालाई कुनै व्यक्ति विशेषले आफु अनुुकुल भाडामा लगाई आम्दानी गर्न, खर्च गर्न मिल्दैन । र सार्वजनिक जग्गामा घर टहरा वनाउने अधिकार पनि कसैलाई छैन ।” गोष्ठीको अध्यक्षता समेत गरेका कार्यकारी अधिकृत लम्सालले सार्वजनिक जग्गामा सरकारको लगानीमा वनाईएका संरचनाहरुको स्थानीयहरुले सही सदुपयोग गर्नुपर्नेमा जोड दिए । ‘‘सार्वजनिक भौतिक संरचनालाई सही सदुपयोग गर्नु आवश्यक छ । त्यसलाई आयमुलक काममा खर्च गरी हुन आएको आम्दानीलाई वरु स्थानीय समुदायको विकासमा खर्च गर्न सकिन्छ” उनले भने । गाष्ठीको व्यापक छलफललले सुन्दरवजार नगरपालिका भित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा वनाईएका भौतिक संचनाहरुलाई नगरपालिकाको दायरामा ल्याउन नगरपालिका वोर्डलाई सिफारिस गर्ने निर्णय समेत गरेका । नगरपालिका भित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा घर, टहरा, घुम्ती लगायतका भौतिक संरचना निर्माण गरी भाडा लिई आफु अनुकुल खर्च गर्ने गरेको पाईएकाले त्यस्ता सवै संचरनालाई नगरपालिकाको दायरामा ल्याउन नगरपालिका वोर्डमा सिफारिस गर्ने निर्णय भएको हो । गोष्ठीमा सहभागी सम्पुर्ण लक्षित वर्गका प्रतिनिधिहरुले भने ‘‘सुन्दरवजार नगरपालिका भित्र सार्वजनिक जग्गा खेजी गर्ने हो भने करौडौँको रुपैयाँ वरावरको जग्गा भेटाउन सकिन्छ । त्यसका लागि सार्वजनिक जग्गाको खोजी, पहिचान र कार्यान्वयन हुन आवश्यक छ ।” ‘‘नगरपालिका भित्र रहेका सम्पूर्ण सार्वजनिक जग्गा र त्यसमा वनाईएका भौतिक संरचनाहरु नगरपालिकाको स्वामित्वमा हुनुपर्छ, त्यो नै हामी सवैको माग हो” उनीहरुले भने । सहभागहिरुवाट आएको सुझावलाई मध्यनजर गर्दै सुन्दरवजार नगरपालिकाको कार्यालयले नगरपालिका भित्र सार्वजनिक जग्गामा रहेका घर, टहरा गोदामजस्ता संरचनाहरुलाई प्रयोग गर्दा कायम हुनसक्ने शुल्कको वारेमा समेत छलफल गर्यो । सार्वजनिक स्थानमा वनेका घर सटरहरुको प्रति सटर शुल्क टेण्डर प्रतिष्पर्धाका आधारमा कायम गर्ने, घुम्ती, टहरा र गोदामको हकमा प्रति मिटर रु १ सय शुल्क कायम गरिएको छ । अन्य संरचनाहरुको शुल्क निर्धारण नगरपालिका वोर्डले गर्ने वताईएको छ । अर्को प्रंसगमा नगरपालिकाका कार्यकारी अधिकृत लम्सालले नगरपालिकाले आर्थिक वर्ष २०७३÷७४ मा कार्यालयले विभिन्न शिर्षकहरुवाट कुल ७ करोड ४ लाख ६८ हजार आम्दानी गर्ने अनुमान गरेको पनि वताए । नगरपालिकाका राजनितिक संयन्त्र, वडा संयाजेक लगायत सम्पूर्ण लक्षित वर्गका प्रतिनिधीहरुको सहभागिता रहेको गोष्ठीले आर्थिक वर्ष २०७३÷७४ का लागि वडा भेलावाट आएको विभिन्न योजनाहरुलाई प्राथमिकताका आधारमा अनुमोदन गरेको छ । र योजनाहरु पौष २८ गते हुने नगर परिषदमा पेश गरिने छ । गोष्ठीमा सवै वडाका प्रतिनिधीहरुले ३ लाख भित्र रहेर योजनाहरु छनौट गरेका थिए । गोष्ठीकै अवसरमा सुन्दरवजार नगरपालिकाको आर्थिक वर्ष २०७१÷७२ को अन्तिम लेखा परिक्षण प्रतिवेदन कार्यालयका लेखापला वल वहादुर अछामीले प्रस्तुत गरेका थिए भने कर्मचारी पदपूर्ती प्रतिवेदन कार्यालयका नायव सुव्वा शुक्रकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए ।
