आर्चरीको जिल्ला अधिबेशन सम्पन्न्न

Share:

पोखरा, पुष १८
कास्की जिल्ला आर्चरी संघको चौथो अधिवेशनले योगेन्द्र शेरचनको अध्यक्षतामा चार वर्षको लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा महेन्द्र ताङ्वे, सचिवमा देव पुन मगर, कोषाध्यक्षमा भीमबहादुर छन्त्याल र सहसचिवमा निर्मल थकाली रहेका छन् । यसैगरी सदस्यहरुमा किशोरकुमार गुरुङ, दिपक तुलाचन, गोविन्द ज्वारचन, अमृत गुरुङ, चन्द्र पुन र प्रमेश गुरुङ रहेका छन् । कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालको रोहवरमा नयाँ कार्यसमिति चयन भएको हो । चार वर्षे कार्यकालमा पोखरामा अन्तराष्टिय आर्चरी प्रतियोगिता गर्ने प्रतिबद्धता समेत गरिएको छ ।
यसैगरी अन्नपुर्ण आर्चरी क्लबले पनि अधिवेशन टुग्याउँदै किशोर कुमार गुरुङलाई फेरी अध्यक्षको जिम्मेवारी सुम्पिएको छ । प्रथम उपाध्यक्षमा बसन्त गौचन(साकुरा¬), द्धितीय उपाध्यक्षमा दिपक तुलाचन, सचिव सन्जीवमान तुलाचन, कोषाध्यक्षमा दलमान छन्त्याल र सहसचिवमा हिरामान लालचन रहेका छन् । सदस्यहरुमा जुम भटट्चन, ओम भटट्चन, गुप्तबहादुर पुन, अमृत गुरुङ र भीमबहादुर छन्त्याल रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: