संविधान संसोधन विधेयकमाथिको छलफल आज सकिदैं

Share:

काठमाडौं १९ पुस-
संसदमा दर्ता भएको संविधान संसोधन विधेयक माथिको छलफल आज सकिदैछ । बाँकी सांसदहरुले भनाई राखेपछि आज विधेक माथिको छलफल सकिनेछ । आज बस्ने संसद बैठकमा संविधान संशोधन विधेयकमाथिको छलफल टुंग्याउने र विधेयक पारित गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

मधेसी मोचाका सांसदहरुको नाराबाजीका बीच विधेयक माथिको छलफल भइरहेको छ । बाँकी रहेका सांसदहरुले विधेयकमाथि धारणा राखेपछि कानुन न्याय तथा संसदीय मामिला मन्त्री अग्नीप्रसाद खरेलले जवाफ दिने कार्यक्रम रहेको छ । जवाफ सकिएपछि संसोधनमा उजुरी वा फरक मत राख्न ७२ घण्टाको समय दिएर सभाुमख ओनसरी घर्तीले बैठक स्थगित गर्ने उहाँको सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: