
काठमाडौँ, २० पुस-
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल पाँच दिने भारत भ्रमणका लागि आज त्यसतर्फ जाँदैछन् ।
उपसभापति पौडेल पतञ्जलि योगपीठको कार्यक्रममा सहभागी हुन भारत जान लागेका उनको निजी सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा उपसभापति पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, प्रमुख सुरक्षा सल्लाहकारलगायतसँग उच्च भेटवार्ता गर्नेछन् ।
कमेन्ट गर्नुहोस्
