
पोखरा २१, पुष, पोखराको सहारा क्लवद्धारा स्थापना भएको सहारा एकेडेमीमा सहयोग आउने क्रम जारी रहेको छ । पछिल्लो क्रममा पोखराको बैदाम स्थायी घर भई बेलायतमा कार्यरत सहारा क्लब यूकेका कोषाध्यक्ष नारायण गुरुङले सहारा एकेडेमी को अक्षयकोषको लागि ५१ हजार १ सय ५ रुपैया आर्थिक सहयोग गरेका छन ।
त्यसै गरी उनकी छोरी प्रिति गुरुङले १० हजार १ सय ५ रुपैया पनि सहयोग गरेकी छन । सहारा क्लब ले गरेको काम देखि प्रशन्न भइ उनले सो रकम सहयोग गरेकी हुन। उक्त रकम क्लवका अध्यक्ष विरभद्र आचार्यलाई हस्तान्तरण गरेका हुन । स्वदेश तथा विदेशमा रहेका दाताहरुको सहयोगले नै एकेडेमी संचालन हुदै आएको अध्यक्ष आचार्यले बताए ।
त्यस्तै लेकसाइड निवासी बिष्णु गुरुङ र बेन्जेमीन कोमे रोइल इर्मरटन, आना यूरेइन्स बाट ३१ हजार ७ सय मुल्य बराबरको ३० थान ब्लाङकेट र स्टेस्नरी का सामाग्रिहरु एकेडेमीका बालकहरुलाइ एक समारोहको बिच वितरण गरीएको छ । पोखरा १७, दोविल्लमा रहेको सहारा एकेडेमीमा हाल १६ जिल्लाका २६ जना वालकहरु रहेका छन ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने मूल उद्देश्यका साथ आउदो माघ ५ गतेदेखी १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ३ विदेशी सहित १२ टिम सहभागि हुने भएका छन ।
