
पोखरा, पुष २३ । माधब पनेरु ।
दैनिक जसो बिमानस्थल बाट बाहिरीएका नेपालहरुको भिडमा थोरैले मात्र बिदेशको अनुभव नेपालमा आएर प्रयोग गरेको पाईन्छ । खाडी मुलुक देखि बिस्वका उत्कृष्ट शहर अमेरीकामा पुगेका नेपालीहरुको संख्या कम छैन । बिदेश बाट बिदेश जाने नेपालीहरुको मनशाय र सस्कार लाई चुनौती दिदै बर्षो सम्म अमेरीका बसेका मोहन र बिबि माया तामाङ ले पोखरामा आएर ब्यबशाय सुरु गरेका छन ।
सोच र चिन्तन लाई कसैले पनि परिबर्तन गर्न सक्दैन । सायद क्षणिक रुपमा उसका बाद्यता र आबस्यकताले परिबन्दमा पर्ने सक्ने अपवाद बाहेक आफु र आफ्नो स्वाभिमान बेच्न नचाहने मानिसहरुको भिडमा भेटिएका एक दम्पती , जसले बिस्वको बहुआर्कषित शहर अमेरीका लाई बेवास्था गर्दे आफ्नै माटो प्यारो संझेर नेपाल आए । बिदेशीने र बिदेशिएका नेपालीहरुका कारण रित्तीएका घरका कौसीहरु भरीने आशा र सपना त सबै नेताहरुले दिने गर्दछन । तर पिडा र अभावको मात्रा भने घटेको छैन , नेपाल बासी नेपालीहरुको । पोखराको शान्तीनगरचोकमा गाडीको काम गर्ने ब्यबशाय गरिरहेका मोहन तामाङ उनकी श्रीमती बिबीमाया तामाङको जिन्दगी पढ्न सक्ने हो भने धेरै चिज पाउन सकिन्छ । गाडी सफा गरेर मन खुशि पार्ने या ग्राहकलाई शन्तुष्ट पार्ने काम गर्ने मोहनले यो पेशा अमेरीकामा सिकेका हुन ।
देशमा बढेको बेरोजगार लाई केही हदसम्म कम गर्न सकिन्छ भन्ने सकारात्मक सोचका साथ अमेरीकाका भौतिक शुख छोडेर अभावको दुनियाँ मिसिन आएका तामाङले देश बाट बाहिएकाहरुलाई नेपालमा राख्ने सपना देखेका छन ।
उनले अटोको क्षेत्रमा कम देखिने महिलाहरुलाई काममा लगाएर महिलाले पनि यो काम गर्न सक्छ भन्ने उदाहरण पनि दिएका छन । महिलाहरु बिदेशी भुमिका गएर बलात्कृत र अपमान भोगेको पिडा उनले संझन्छन । त्यसैले त उनले फेरी पनि केही नयाँ ब्यबशाय सुरु गरेर थप केही नेपालीलाई रोजगार दिने सोच बनाएका छन ।
गाडी धुने काममा नेपालमा महिलाहरु थिएनन् भन्दा पनि हुन्छ । अमेरीकामा देखेपिछि अब बिदेशमा गएर जस्तो पनि काम गर्न तयार हुने नेपालीहरुलाई सम्मानित तरिकाले नेपालमा पनि महिलाहरुलाई यो क्षेत्रमा प्रबेश गराउने काम गरेका छन उनिहरुले । महिलाहरुलाई काममा लगाउदाको अनुभव यसरी सुनाउछीन बिबि माया तामाङ ।
हुनत बिबि माया र उनका श्रीमानले सुरु गरेको यो ब्यबशाय प्रति उनका आफन्त हरु र परिवारलाई पनि मन परेको रहेछन . तर बिबि मायामा कुनै पनि अफसोच छैन, आफ्ना पेशा प्रति । अर्कोको देशमा काम गर्न नजान उनले सबैलाई आग्रह गर्छीन ।
तामाङ दम्पतीलाई अमेरीका नछोड्न धेरैले दवाद नदिएका होईनन् । तर उनिहरुले मानेनन् । अडियो रिपोर्टका लागि बिग एफ.एम १०१.२ अर्थात www.fmbig.com मा बिग न्युज सुन्नु होला ।
