सडकका छेउका पेट्रोल पम्प ः दुर्घटना र ट्राफिक जामको मुख्य कारक

Share:

पोखरा, पुष २३,माधब पनेरु ,
कुनै पनि ब्यबशाय गर्दा त्यसबाट पर्ने असरको बारेमा पुर्ब अनुमान गरेर अनुमति दिने कानुनी प्राबधान छ । आफुलाई मन लाग्यो भन्दैमा आफ्नै सम्पती पनि दुरुपयोग गर्न पाउने अधिकार नागरीकमा वा कुनै ब्यबशायिमा हुदैन ।
तर पोखरा लगायत देशभर रहेको फ्युल स्टेशन अर्थात पेट्रोल पम्पहरु सडकका छेऊमा भएपनि त्यसको ब्यबस्थापनका लागि कुनै पहल हालसम्म गरिएको छैन । कुनै बेलामा नेपालमा सवारीसाधनको संख्या वा जन घनत्व नै कम भएको बेला राज्य लाई कुनै न कुनै बाहानामा झुक्याएर दर्ता भएका फयुल स्टेशनहरुले मनपरी रुपमा फुटपाथमा पेट्रोल पम्पहरु राखेर ब्यापार गरिरहेका छन । फ्युल स्टेशन राख्न आफ्नै तिन रोपनी जग्गा हुनुपर्ने स्पष्ट प्राबधान सुरु देखि नै रहेको पाईन्छ । तर तिन रोपनीको मापदण्ड लाई कागजमा मात्र देखाएर पम्प सञ्चालकहरुले ईन्धन बिक्रि फुटपाथ बाट गरीरहेका छन ।
नयाँबजार र नागढुगांमा रहेका केही पम्पहरुका कारण दैनिक जसो दुर्घटना हुने गरेका छन । सडकको छेउमा रहेको पम्पहरुका कारण ईन्धनका लागि सवारीको लाईन फुटपाथमा लगाईएको छ । दुईतिर सवारीको लाईन भएपछि सडक जाम हुने समस्या छ । ठुला सवारी वा साना सवारी साधनहरु सकडको दुबै किनारामा लाईनमा राखेपछि सडक साँघुरिएको छ । तर राज्यले पम्प ब्यबस्थापनका लागि कुनै ठोस पहल अहिलेसम्म गरेको छैन । उपभोक्ता मञ्चहरुले पनि यो बिषयमा अहिलेसम्म केही बोलेको पाईदैन ।ईन्धनका अभावको बेलामा बढी पम्पहरुबाट मानिसहरु पिडित हुने गर्दछन ।
पछिल्लो समय सडक बिभागको अनुमति लिएर सडक भन्दा ५० मिटर भित्र पर्ने गरी मात्र पम्पहरु राख्न पाईने प्राबधान रहेका आयल निगम गगनगौडा डिपो प्रमुख मनोज कुमार ठाकुरले बताए । तर पहिले देखि सञ्चालन भैरहेकाहरुको संबन्धमा के गर्ने भन्ने कुरा अन्यौल रहेको उनले बताए । पोखरामा अधिकांशले यो मापदण्ड पुरा गरेका छैनन् ।
पम्पहरुका कारण आसपासमा रहेका ब्यबशायि तथा बसोबास गर्ने मानिसहरुलाई समेत असर परेको छ । रातभरी पम्प वरिपरि मानिसहरुको चहलपहल हुने हुँदा असुरक्षा बढेको मानिसहरु बताउछन । ब्यबशायिहरुलाई पनि असर गरेको उनिहरुको गुनासो छ । स्वतस्फुर्त रुपमा ब्यबशाय गर्न पनि अप्ठेरो परेको ब्यबशायिहरुले बताएका छन । तर संबन्धीत निकाय मौन छ ।

कमेन्ट गर्नुहोस्
Share: