मधेसी मोर्चाको कार्यदलवीचको बार्ता आज निष्कर्समा पुग्ने

Share:

काठमाडौ, २५ पुष-
तीन दल र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यदलवीचको बार्ता आज निष्कर्समा पुग्ने विश्वास कार्यदलका सदस्यहरुले गरेका छन ।
मोर्चा कार्यदलका सदस्य राम नरेश रायले आज निष्कर्समा पुर्याउने योजना सहित हिजोको बार्ता स्थगित भएको बताए ।
उनले हिजोको बैठकमा काग्रेसबाट महेश आचार्यको ठाँउमा प्रकाशमान सिंह रहेको भन्दै आजको बार्तामा आचार्य आउने र एमाओवादीबाट कृष्णबहादुर महराको ठाउमा गृहमन्त्री शक्ति बहादुर बस्नेत सहभागि हुने जानकारी दिए ।
धेरै कुरा सकारात्मक रुपमा अघि बढीरहेको भन्दै आजको बार्तामा केही ठोस प्रतिबद्धताहरु आए सहमति बन्ने सम्भावना बढी रहेको उनले सुनाए ।
रायले सीमांकन हुने बैद्यानिक ग्यारेन्टी दिएर समितिको कार्य विधी ल्याए तीन महिनाको समय दिन सक्ने भन्दै कार्यदलको बैठकमा सहमतिभएपछि मोर्चाको बैठक बसेर आन्दोलनको कार्यक्रमसहित सम्पूर्ण विषयमा निर्णय हुने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: