कांग्रेस केन्द्रिय समितिको बैठक आज बस्दै

Share:

काठमाण्डौं,२६ पुस।

पार्टीको १३ औं महाधिवेशन र क्रियाशिल सदस्यताका विषयमा देखिएको विवाद टुङ्गो लगाउन आईतवार कांग्रेस केन्द्रिय समितिको बैठक बस्दैछ ।
दिउँसो १ बजे पार्टी कार्यालय ललितपुरको सानेपामा बस्ने बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुनेछ । पछिल्लो प्रतिवेदन अनुसारको सदस्यता नमान्ने र पुरानै कायम राख्नेमा आज सभापति सुशील कोइरालाले प्रस्ताव गर्ने तयारी छ ।
यसअघि बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य नरहरि आचार्य संयोजक रहेको क्रियाशील सदस्यता छानविन समितिले सर्वसम्मत बुझाएको प्रतिवेदनमा कोइराला निकट सदस्य रामकृष्ण यादवले नोट अफ डिसेन्ट लेखेपछि फेरि विवाद ब्युँतिएको हो ।
कांग्रेस नेता प्रकाश शरण महतले बैठक बोलाइएको तर एजेण्डाका विषयमा जानकारी नदिएको बताए ।

कमेन्ट गर्नुहोस्
Share: