आजको संसद बैठक स्थगित, अर्को बैठक माघ ५ मा बस्ने

Share:

काठमाडौँ, २८ पुस-
व्यवस्थापिका–संसद्को बुधबार १३ः०० बजेका लागि तोकिएको बैठक स्थगन भएको छ ।

संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले भोलिका लागि पूर्वनिर्धारित बैठक सूचना टाँस गरी स्थगन गरिएको राससलाई जानकारी दिनुभयो ।

सभामुख ओनसरी घर्ती मुलुकबाहिर रहनुभएको र सदनमा पेस भएको संविधान संशोधनसम्बन्धी विधेयकमा प्रमुख राजनीतिक दल र आन्दोलनरत दलबीच सहमतिको प्रयास भइरहेका कारण बैठक स्थगन गरिएको बताइएको छ । बैठक आगामी माघ ५ गते दिउँसो १३ः०० बजे बस्नेछ ।

संविधान संशोधनसम्बन्धी विधेयकमा राज्यका प्रमुख अङ्गमा समावेशी, समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्ने र कम्तीमा एक जिल्लालाई एक निर्वाचन क्षेत्र कायम गरी बाँकी निर्वाचन क्षेत्र जनसङ्ख्याका आधारमा तोक्ने प्रस्ताव गरिएको छ । त्यसमा सहमति जुटाउन पछिल्लो समय प्रमुख दल र आन्दोलनरत दलबीच घनिभूत रुपमा वार्ता भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: