
पोखरा, पुष ३०,माधब पनेरु
हरेक बषै झै यस बर्ष पनि माघे संक्रान्तीको अबसरमा लाग्ने ढुंगेसाघु मेलाको तयारी पुरा भएको छ । भोली अर्था माघ १ गते माघे संक्रान्तीको अबसरमा आयोजना गरी मेलाका लागि उचित ब्यबस्थापनमा त्यहाँका स्थानिय बासीहरु लागि परेका छन ।
हिन्दु सस्कार अनुसार मनाईने बिभिन्न पर्बहरु मध्ये माघ महिनाको पहिलोे दिन अर्थात माघे संक्रान्ती लाई पनि बिषेश पर्बको रुपमा मानिन्छ । बिषेश गरि धर्म वा धार्मिक परम्परालाई जोडेर मनाईने पर्ब मध्ये माघे संक्रान्ती पनि हो । योे पर्ब जाडो मौसममा पर्ने भएकाले आगोमा पकाएर खाने तरुल , शखरखण्ड वा कन्दमुलको पर्ब मानिन्छ । माघे संक्रान्तीको अबसरमा देशका बिभिन्न स्थानहरुमा मेला लाग्ने गर्दछ , पाल्पाको रिडि, नुवाकोट, तथा पोखराको ढुगेंसाघु जस्ता स्थानहरुमा मेला भर्नेहरुको घुईचो लाग्छ । धार्मिक हिसावले महत्वपुर्ण मानिने ढुगेंसाघु अर्थात सितापाईलामा कास्की,स्याङजा र तनहुँका मानिसहरु भेला भर्न आउने गर्दछन । यो मेला कहिलेबाट सुरु भयो भन्ने यकिन तथ्याङ नभएपनि पोखरामा बजारीकरण नहुदै सामान किनमेल वा बर्ष भरीका लागि चाहिने घरायसी औजार वा कृषि सामाग्री खरिद गर्ने मेलाको रुपमा पनि यो मेलालाई लिईने जानकारहरु बताउछन । मेलाको अबसरमा सोही स्थानमा रहेको ढुगेंसाघु, सितापाईला आमा समुहले मेलामा आउनेहरुका लागि तरुल तथा शखर खुवाउने कार्यक्रम राखेको छ । बिषेश गरि यो मेला शखर र तरुलका लागि प्रशिद्ध भएकाले सो कार्य गर्न लागेको आमा समुहकी अध्यक्ष जुना गुरुङले बताईन ।
सिता पाईला तथा प्राकृतिक पुल रहेको सो स्थानको खास कुनै प्रचार नगरीएपनि परापुर्बकाल देखि नै चलिआएको मेला भएकाले मानिसहरु हजारौको संख्यामा आउने गरेको मन्दीर ब्यबस्थापन समितिका अध्यक्ष रिऋीराम भण्डारीले बताए । मेलामा जानको लागि यातायातको प्रबन्ध मिलाईएको उनले जानकारी दिए ।
मामाघेसंक्रान्ती अर्थात माघ १ गते एक दिनका लागि मात्र लाग्ने मेलामा बिभिन्न खाले स्टलहरु तथा खेलकुदका कार्यक्रमहरु राखिएको छ । बिषेश रेडियो रिपोर्टका लागि बिग न्युज सुन्नु होला ।
