छुरा प्रहार गरी एकजनाको हत्या, २ गम्भिर घाईते, ३७ जना पक्राउ

Share:

तनहुँ, ३ माघ-

युवा समूहको आक्रमणबाट एक किशोरको घटनास्थलमै मृत्‍यु भएको छ । शनिबार साँझ दमौली महोत्‍सव हेरेर फर्किदा एक युवा समूहले तनहुँ कोतदरबार-१ घरभइ हाल व्‍यास-२ दमौली बस्‍दै आएका-१६ वर्षीया दिनेश थापाको छुरा प्रहारबाट ज्‍यान गएको हो ।
उनलाई व्‍यास-२ मालपोत लाइन नजिकै छुरा प्रहार गरेको प्रहरी नायब उपरीक्षक राकेश सिंहले बताए । प्रहरी उपरीक्षक सिंहक अनुसार एउटाको रिसिबीमा अर्कैलाई छुरा प्रहार गरिएको हो।  उक्त प्रकरणमा ३२ युवालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । यसमा थप पक्राउ पर्न सक्‍ने बुझिएको छ ।
सोही घट्‍नामा छुरा प्रहारबाट गम्भीर घाइते व्‍यास-१० निवासी १७ वर्षका रेगन थापाको चिन्ताजनक अवस्थामा पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास नली र फोक्‍सोमा पुग्‍नेगरी छुरा प्रहार गरिउको उपचारमा संगल्‍न चिकित्‍सकले बताएका छन् ।
यता, मृतकका पिता  नारायण थापाले छोराको कसैसँग कुनै रिसिबी नरहेको र माघे संक्रान्ति मनाउन केही दिनअघि भारतबाट घर फर्केको बताएका छन्।उनले छोराको हत्‍या गर्नेमाथि कडा कारबाहीको माग गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Share: