
काठमाडौँ, ५ माघ-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक निकायमा हुने अनियमितता तथा भ्रष्टाचारको बारेमा गुनासो सुन्न नयाँ नम्बर सञ्चालनमा ल्याएको छ ।
अख्तियारले आजैदेखि निःशुल्क गुनासो टिपाउन मिल्नेगरी १०७ नम्बर सञ्चालनमा ल्याएको हो । यो नम्बरमा फोन गर्दा फोन गर्ने उपभोक्ताले कुनै शुल्क तिर्नुपर्दैन भने यो सेवा २४ सै घण्टा सुचारु हुनेछ ।
अनियमितता तथा भ्रष्टाचार कम गर्न र कर्मचारीलाई आफ्नो कार्यप्रति जिम्मेवार बनाउनका लागि यो निःशुल्क नम्बर सञ्चालनमा ल्याईएको
यो नम्बरमा नेपाल टेलिकमका ग्राहकले नेपालका जुनसुकै ठाउँबाट पनि फोन गर्न सक्नेछन् ।
कसैले घूस लिएको पाईए, अनियमितता गरेको पाईए वा भ्रष्टाचार गरेको पाईए तुरुन्त यो नम्बरमा फोन गरेर जानकारी गराउन आयोगले आग्रह गरेको छ ।
गुनासो आएको केही समयभित्रै अख्तियारका कर्मचारी पुग्न सकिने गरी नजिकको कार्यालयबाट खटाईने आयोगका प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिए ।
