
पोखरा,७ माघ। लायन्स क्लव अफ हेमजाको आयोजनामा बिहिबारदेखि द्वितिय अन्तर लायन्स फुटसल प्रतियोगिता हुने भएको छ।
प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ। ‘हामी सेवा गर्छाै’ भन्ने लायनवादको नारा, खेलकुदसँगै स्वास्थ्य, बढाऔ भाइचारा भन्ने सन्देश सहित आयोजना गर्न लागिएको प्रतियोगिता माघ शनिवारसम्म चल्ने छ। पोखरा गणेशटोलस्थित बी फिट स्पोर्टस्मा संचालन हुने प्रतियोगितामा १६ टिमको सहभागीता रहेको छ। गतवर्ष आयोजित सो प्रतियोगितामा १७ टिमले सहभागीता जनाएका थिए।
प्रतियोगितामा प्रथमलाई २५ हजार, द्वितियलाई १५ हजार र तृतियलाई १० हजार पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने लायन्स क्लब अफ हेमजाका अध्यक्ष बिनोदकुमार श्रेष्ठले जानकारी दिए।
त्यसैगरी, म्यान अफ दि म्याच, अनुशासित टिम, सर्वाधिक गोलकर्ता, सर्वाेत्कृष्ठ खेलाडी र सर्वाेत्कृष्ट गोलकिपरलाई पनि पुरस्कृत गरिने प्रचार प्रसार समितिका संयोजक दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि चार लाख ४० हजार खर्च लाग्ने अनुमान गरिएको छ। लायन्स सदस्यवीच आपसी भाइचारा बृद्वि गर्ने र फुटबलको विकासमा योगदान पु¥याउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सन्तमान श्रेष्ठले जानकारी दिए।
सन् २००८ जनवरी ७ मा स्थापना भएको सो क्लबले निःशुल्क स्वास्थ्य शिविर, छात्रवृत्ति वितरण, बृक्षरोपण जस्ता कार्यक्रम संचालन गर्दै आइरहेको छ।
