अपांगतामैत्री भौतिक संरचना बिना सामाजिक सुरक्षा असंभव

Share:

रञ्जन अधिकारी पोखरा, ९ जेठ / प्रायः औपचारिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट पानसमा बत्ती बालेर, परेवा उडाएर, बिरुवमा पानी हालेर गरिन्छ तर पोखरामा बिहीबार आयोजित एक कार्यक्रममा यस्तो केही भएन । प्रमुख अतिथि संविधानसभा सदस्य रवीन्द्र अधिकारीले एक तस्वीरको अनावरण गरेर कार्यक्रमको उद्घाटन गरे जसमा ह्वीलचेयर प्रयोगकर्ता पोखरेली यूवती अन्जु बराल आन्तरिक राजस्व कार्यालय पोखराको भवनको ह्वीलचेयर मैत्री बरण्डामा आवतजावत गर्दै थिइन् ।

इण्डिपेण्डेन्ट लिभिङ सोसाइटी नेपाल र शान्तिका लागि साझा अभियान कोक्यापद्वारा आयोजित ‘नेपालमा अपांगता भएका व्यक्तिहरुको सामाजिक सुरक्षाको अवस्था, अवसर र चुनौती’ विषयक क्षेत्रीय सम्मेलनमा अमूर्त कागजी कुराहरु भन्दा व्यवहारिक परिवर्तन जरुरी भन्दै कार्यक्रम उद्घाटन सबैंभन्दा नया“ तरिकाले गरिएको आयोजकले जानकारी दिए । राज्यद्वारा प्रदान गरिने सामाजिक सुरक्षासम्बन्धी सुविधा प्राप्त गर्नका लागि बारम्बार गइरहनुपर्ने सरकारी संरचनाहरु मात्रै अपांगता मैत्री भइदिएमा पनि त्यसबाट उनीहरुको सामाजिक सुरक्षामा केही योगदान हुनसक्ने उनीहरुको भनाई थियो ।

कार्यक्रममा सभासद अधिकारीले पृथ्वीनारायण क्याम्पसमा स्ववियू सभापति हु“दा क्याम्पसको होस्टलमा बस्न पाउने पहिलो प्राथमिकता अपांगता भएका विद्यार्थीलाई दिने प्रचलनको शुरुआत आफैंले गरेको स्मरण गर्दै पछि आफू त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियू अध्यक्ष हु“दा देशैभरिका क्याम्पसहरुलाई अपांगता मैत्री बनाउन पहल गरेको र आज सुधार हु“दै गरेको भन्दै खुशी व्यक्त गरे ।

अधिकारीले कुनै पनि राज्य कति सभ्य र सुसंस्कृत छ भन्ने कुरा त्यहा“को समाजमा अपांगता भएका व्यतिmहरुप्रति गरिने व्यवहारले निर्धारण गर्ने भन्दै अपांगतामैत्री कानूनहरुलाई केन्द्रबाट अनुमोदन गराउन अपांगताको क्षेत्रमा काम गर्ने व्यक्ति र संघसंस्थालाई आङ्खनो पूर्ण साथ र सहयोग रहने बाचा गरे । साथै उनले केन्द्रबाट अनुमोदन भएका भवन निर्माण आचारसंहिता जस्ता नियमको पालना नभएको देखिनु दुखद भन्दै नीति र कानूनको कार्यान्वयनका लागि स्थानीय तहका सरोकारवालालाई नियमित चासो र खबरदारी गर्न आग्रह गरे ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपालमा स्वावलम्बन जीवनपद्वतिका प्रतिपादक तथा ‘सेन्टर अफ इण्डिपेण्डेण्ट लिभिङ नेपाल’ का महासचिव कृष्ण गौतमले अपांगता भएका व्यक्तिहरुको सामाजिक अवस्थामा पहिलाभन्दा केही सुधार आएको तर अझैपनि पूर्ण र अतिअशक्त अपांगता भएकाहरुले घरभित्रै दिशापिशाबमा डुबेर मृत्यू पर्खिरहेको बताए । राज्यले अपांगता भएका ब्यक्तिलाई शिक्षा र रोजगारी नदिने, बढीमा एक हजार रुपैयासम्मको मासिक भत्ता दिने र कम भयो भन्दा ‘तिमीहरुलाई भत्ता बा“ड्दा त राज्यको ढुकुटी नै रित्तिन्छ’ भन्नेजस्ता हास्यास्पद जवाफ पाउने गरेको दुःखेसो पोखे । गौतमले राज्यले दिने सामाजिक सुरक्षा भत्ता देशको आर्थिक प्रगति , कुल ग्राहस्थ उत्पादनको आधारमा हुनुपर्ने तर नेपालमा अपांगता भएका व्यक्तिलाई दिइने सामाजिक सुरक्षा भत्ता अत्यन्त अवैज्ञानिक र अपमानजनक भएको बताए ।

कार्यक्रममा दृष्टिविहीन अधिकारकर्मी श्रीकान्त सापकोटाले अपांगता भएका व्यक्तिले कोटाको आधारमा पाउने रोजगारी पनि हाल समाजका केही टाठाबाठाले झूटो अपांगता परिचय बनाएर आफै हत्याउनेजस्ता बिकृति देखिएको गुनासो गरे । पुष्पराज रिमालले अपांगताको क्षेत्रमा काम गर्ने सबै संघसंस्थाहरु संगठित भएर आवाज नउठाएसम्म समाजमा आफूहरुको अवस्थामा सुधार नआउने जिकिर गरे ।

कार्यक्रममा इण्डिपेण्डेण्ट लिभिङ सोसाइटी जापानका प्रतिनिधिले जापानमा अपांगता सम्बन्धी कानून र अपांगता भएका व्यक्तिहरुको सामाजिक अवस्थाको बारेमा अनुभव सुनाएका थिए । कोक्याप पश्चिमान्चल क्षेत्रीय अध्यक्ष पुष्प भुषालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कोक्यापकी केन्द्रीय अध्यक्ष उषा बरुवाल, कार्यक्रम अधिकृत अन्जना केसी लगायतले बोलेका थिए ।

 

कमेन्ट गर्नुहोस्
Share: