शीतलहरसँगै बढेको जाडोका कारण दुई जनाको मृत्यु

Share:

धनुषा, १० माघ-
शीतलहरसँगै बढेको जाडोका कारण दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार शनिबार जाडोको कारण एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–४ का अन्दाजी ५५ वर्षीय नाम नखुलेका एक पुरुषको जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ भने दुवरकोट–७ मङ्ग्रामटोलस्थित चोराकोयलपुर गाविस चिरैया मतौना बस्ने वर्ष ५० वर्षीय जीवछीदेवी यादवको मत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: